logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

अप’हरण का’ण्ड साम्य गर्न राजनीतिक चाल, भट्टराई नेवाङ्गबिच छलफल


  • राजनीति
  • बिहिबार, बैशाख २५ २०७७

जनता समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवलाई काठमाडौं ल्याइएको घटनालाई अप’हरण भनी सरकारी वकिलको कार्यालयमा जाहेरी दर्ता भएपछि ‘राजनीतिक समाधान’ खोज्ने प्रयास शुरु भएको छ । यस प्रकरणमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईबीच मंगलबार छलफल भएको स्रोतले जनाएको छ ।

नेम्वाङले अ’पहरण पुष्टि नहुने घटना भएकाले यसको राजनीतिकरणमै सीमित हुन आग्रह गरेको स्रोतले जनाएको छ । नेम्वाङले कानुनविदहरुसँग पनि यसबारे छलफल गरेका छन् ।

नेम्वाङले यो प्रकरणले पर्याप्त राजनीतिक चर्चा पाइसकेकाले फौजदारी मु’द्दामा गएर आफैं कानुनी झमेलामा पर्नेतिर नजान डा. भट्टराईलाई आग्रह गरेको बताइएको छ । सरकारी वकिलको कार्यालयले जाहेरी दर्ता गरेको छ । यसको अनुसन्धान भने प्रहरीले नै गर्नेछ ।

पूर्वप्रधानमन्त्री डा. भट्टराईकै नेतृत्वमा सांसद यादवका तर्फबाट नेकपाका सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआइजीपी सर्वेन्द्र खनालविरुद्ध अपहरणको जाहेरी दर्ता भएकाले भट्टराईसँगै वार्ता गरिएको नेकपा स्रोतले जनाएको छ ।

सरकारी वकिलको कार्यालयले जाहेरी दर्खास्तको आधारमा अनुसन्धान गर्नुपर्ने वा नपर्ने भन्ने निक्र्यौल गर्नेछ । उसले प्रहरीलाई अनुसन्धान गर्न पठाउँदा समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरिया, प्रदेशसभा सदस्य कौशल यादव लगायत सांसद यादवका अंगरक्षक समेत अनुसन्धानको दायरमा आउनेछन् ।

डा.यादवलाई लिनका लागि महोत्तरी जाँदा महेश बस्नेतको टोलीमा अरगरिया पनि थिए । फर्किँदा कौशल यादवसमेत सँगै आएका थिए । यद्यपि अप’हरणको जाहेरी दर्खास्तमा भने अरगरिया र कौशल यादवलाई विपक्षी बनाइएको छैन ।

समाजवादी पार्टीका प्रचार बिभाग उपप्रमुख विश्वदीप पाण्डेले भने जाहेरीमा उल्लेखित चारजना सहित घट’नामा संलग्न अन्य व्यक्ति पनि कोही दो’षी पाइएमा कार’वाही गरीपाउँ भनी निवेदनमा उल्लेख गरिएको बताए ।

नेकपा सांसद महेश बस्नेतले आफूहरु जाहेरीको निश्पक्ष अनुन्धान होस् भन्ने पक्षमा रहेको बताए । बस्नेतले भने-हामी अरगरियाजीको आग्रहमा गएका हौं, होटलमा बसेको सीसी टीभी फुटेजहरु छन् । दिनभर यादवजी प्रदेश सांसद कौशल यादवसहित आफन्तहरुसँग भेटघाट गर्दा हामी होटलमै छौं । आउँदा पीएसओ, प्रहरीका हाकिम सबैलाई जानकारी छ । म्यारियट होटलमा उहाँ आफैंले चेक इन, चेकआउट गर्नुभएको छ । कुनै प्रमाणले पनि अ’पहरण पुष्टि हुँदैन ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार