logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

कोरोनाभाइरस अमेरिकामाथि सबैभन्दा भयानक हमला : ट्रम्प


  • राजनीति
  • बिहिबार, बैशाख २५ २०७७

WASHINGTON, DC - JANUARY 08: U.S. President Donald Trump speaks from the White House on January 08, 2020 in Washington, DC. During his remarks, Trump addressed the Iranian missile attacks that took place last night in Iraq. (Photo by Win McNamee/Getty Images)

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस अमेरिकामाथि सबैभन्दा भयानक हमला भएको बताएका छन् ।

उनले यसका लागि चीनमाथि लगाउँदै आएको आरोप दोहोराउँदै भने, ‘चीनले समय हुँदा नै सही कदम उठाएको भए यो भाइरसले विश्वव्यापी महामारीको रुप अख्तियार गर्ने थिएन ।’

राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसको महामारीको तुलना दोस्रो विश्वयुद्धको क्रममा जापानी बमवर्षक विमानको तर्फबाट पर्ल हार्बर द्वीपमा गरिएको बमबारी र वर्ल्ड ट्रेड सेन्टरमाथि गरिएको हमलासँग गरेका छन् ।

चीनमाथि कटाक्ष गर्दै उनले भने, ‘म चीनलाई आरोप लगाइरहने आफ्नो प्रयासलाई जारी राख्नेछु ।’

स्रोतः बीबीसी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार