राजनीति
बाराको सुर्वण गाउँपालिका-३ कबहीगोठस्थित नेपाल-भारत सीमामा रहेको सशस्त्र प्रहरीको अस्थायी पोष्टमा भारतीय नागरिकले बिहीबार दिउँसो आ’क्रमण गरेका छन् । लकडाउनको समयमा नेपाल प्रवेश गर्न खोजेका दुई भारतीय नागरिकलाई स’शस्त्र प्रहरीका सुरक्षाकर्मीले रोकेपछि उनीहरुसहित केही भारतीय नागरिकले सश’स्त्र प्रहरीको पोष्टमा आ’क्रमण गरेका हुन् ।
नेपालतर्फ प्रवेश गर्न खोज्ने दुईजनालाई स’शस्त्र प्रहरीले सीमाबाटै फर्काएपछि करिब एक सयको संख्यामा आएका भारतीय नागरिकले प्रहरी पोष्टमा क्ष’ति पुर्याएको स’शस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदीले जानकारी दिए।भारतीय नागरिकले आ’क्रमण गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन स’शस्त्र प्रहरीले एक राउण्ड हवाई फा’यर गरेको छ ।
‘सीमा पारीबाट नेपालतर्फ आउन खोज्नेलाई रोकेर फर्काएपछि एक सयको संख्यामा भारततर्फका नागरिक आएर तो’डफोड गर्न सुरु गरे,’ सशस्त्र प्रहरी उपरीक्षक सुवेदीले भने, ‘अस्थायी पोष्टमा सामान्य क्ष’ति भएको छ । हामीले स्थिति नियन्त्रणमा लिन एक राउण्ड हवाई फा’यर गरेका हौं।’
सीमामा खटिने भारततर्फका सीमा सुरक्षा बल (एसएसबी)को समवन्यमा नभएर जबरजस्ती नेपाल प्रवेश गर्नेलाई रो’क्न खोज्न स्थिति केहीबेर तना’वपूर्ण बनेको सुवेदी बताए । केहीबेरको तनावस्थित अहिले स्थिति सामान्य बनेको सुवेदीले जानकारी दिए।’अहिले स्थिति सामान्य भइसक्यो । क्षति पुगेको पोष्ट उनीहरुले नै बनाइदिने भएका छन्,’सुवेदीले भने ।
कोरोना संक्रमण फैलन नदिन दुबै देशका सरकारले सीमा क्षेत्रमा कडाई गर्न निर्देशन दिएका छन् । तर खुल्ला सीमाको फाइदा उठाउँदै दुवै देशका नागरिकले आवतजावत गर्न खोज्दा सुरक्षाकर्मीसँग वि’वाद हुने गरेको छ ।
दुई दिनअघि बाराको बिश्रामपुर ४ बलिरामपुरमा खेतमा गएका स्थानीयलाई भारतीय एसएसबीका जवानले रोकेपछि स्थिति तना’वपूर्ण बनेको थियो।