logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

गहुँबालीमा निर्भर किसानको लगातारको बर्षातले बारीमै कुहिन थाले बाली


  • राजनीति
  • बिहिबार, बैशाख २५ २०७७

सुर्खेतको भेरीगङ्गा नगरपालिका–४ सुर्खेतका किसानका गहुँबाली लगातारको बर्षातले बारीमै कुहिन थालेको छ ।

हर्रे, मसिना, सानो हर्रे, हान्ने सिमल, अमलसेनी, खोर्रे, मुरलीगाउँका १६२ घरधुरी किसानको गहुँबाली नष्ट भएको सोही वडाका स्थानीय किसान हेमन्तप्रकाश ओलीले जानकारी दिए । “हाम्रो ४६२ रोपनी क्षेत्रफलमा लगाएको गहुँबाली भित्र्याउन नपाएर बारीमै कुहिएको छ”, उनले भने, “यसबाट ७५१ क्विन्टल ९७५ मेट्रिकटन० क्षति भएको छ ।”

मुखमा हाल्ने बेलाको गाँस नै खोसिँदा यहाँका किसान पुर्पुरोमा हात लगाउनुपर्ने बाध्यता आइलागेको उनले बताए । उनका अनुसार कोरोना भाइरसको जोखिम भन्दा भोकमारीले मर्ने डर उब्जिएको छ । यसबाट गहुँबालीमा निर्भर यहाँका करिब एक हजार जनसङ्ख्या प्रभावित हुने उनको भनाइ थियो ।

त्यस्तै अर्का कृषक झकबहादुर खत्रीले गहुँबाली पाकेर भित्र्याउने समयमा निरन्तर वर्षा भएपछि स्याहार्न नसकिएको बताए ।

कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले क्षतिको विवरण सङ्कलन गर्न त्यहाँका किसानलाई सुझाएकी छन् । कि

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार