logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

लकडाउनका कारण भन्सार कार्यालयमा राजश्व संकलन शून्य


  • राजनीति
  • बिहिबार, बैशाख २५ २०७७

नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)को एक मात्र महेशपुर भन्सार कार्यालयमा लकडाउनका कारण राजश्व संकलन प्रभावित भएको छ ।

चालु आर्थिक वर्षको वैशाखको हालसम्म राजश्व संकलन शून्य रहेको महेशपुर भन्सार कार्यालयका प्रमुख हेमराज शर्माले जानकारी दिए ।
लकडाउन शुरु भएदेखि नै राजश्व संकलन प्रभावित बनेको छ । जिल्ला प्रशासन कार्यालयले भन्सार कार्यालयलाई महेशपुर नाकाबाट भित्रिने सामग्रीको भन्सार महशुस संकलन नगर्ने आदेश गरेपछि राजश्व संकलन प्रभावित भएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार विसं २०७६ चैतमा बन्दाबन्दीअघि रु ८८ लाख र बन्दाबन्दीपछि जम्मा रु सात लाख मात्र राजश्व संकलन भएको देखिन्छ ।

प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले कोरोना संक्रमणको असज परिस्थितिलाई ध्यानमा राखी सो नाकाबाट सकभर सामग्री भित्रिन नदिइएको बताए । चालु आर्थिक वर्ष २०७६÷०७७ मा कुल रु १५ करोड राजश्व संकलन गर्ने लक्ष्य भए पनि हालसम्म रु ११ करोड १८ लाख राजश्व मात्र संकलन भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार