राजनीति
प्रशिक्षार्थीलाई अभ्यास गराउने क्रममा ब’म हराएको भन्दै अर्जुनवाण गण घोडाबाँधेले ब्यारेक आसपास सामुदायिक वनमा प्रवेश नर्गन सर्वसाधारणलाई आग्रह गरेको छ।
जिल्लाको काठेखोला गाउँपालिका ५ बिहुँमा रहेको ब्यारेकमा गत चैत १८ गते प्रशिक्षार्थीहरुलाई मोटर फा’इरिङको अभ्यास गराउँदा २ इन्चको एचई ब’म मिसफा’यर भएको र नभे’टिएको गणले जनाएको छ।
काठेखोला गाउँपालिका तथा वडा कार्यालयको नाममा पत्राचार गर्दै गणले हराएको ब’म खोज्ने काम भइरहेको बताएको छ। अभ्यासका क्रममा मिस फा’यर भएको ब’म हालसम्म भने वि’स्फोट नभएको गणले जानकारी दिएको छ।
तर जोखिम हुनसक्ने भन्दै गणले सचेत गराएको छ। गणका सेनानी दीप श्रेष्ठले गाउँपालिका तथा वडा कार्यालयलाई पत्राचार गर्दै उक्त ब’मको दैनिक खोजी भइरहेको जानकारी दिए। काठेखोला र गल्कोट नगरपालिकाको सिमानामा पर्ने घोडाबाँधे ब्या’रेक आसपास ठूलो वनक्षेत्र रहेको छ। बिहुँका स्थानीयले उक्त वनक्षेत्रमा दैनिक घाँसदाउरा गर्दै आएका छन्।
गणको पत्रपछि गाउँपालिकाले सर्वसाधारणलाई सा’वधानी अपनाउन आग्रह गरेको छ। सामाजिक सञ्जाल र मौखिक सूचना प्रवाह गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकले बताए।
गणले भने ब’म हराएको विषय खासै ठूलो नभएको तर सा’वधानीका लागि सर्वसाधारणमा सूचना पुर्याउन प्रयास गरेको बताएको छ। गणपति मिलनध्वज मल्लले ब्यारेक परिसरमै ब’म हराएकाले सर्वसाधारणका लागि त्रा’सको विषय नभएको बताए।