logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

प्रचण्ड पुत्रीको फोन उठाईँन, म ओलीको साथमा छु : लेखराज भट्ट


  • राजनीति
  • शुक्रबार, बैशाख २६ २०७७

सत्तारुढ दलका स्थायी समिती सदस्य तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अहिले पार्टीको स्थायी कमिटीको बैठक नै आवश्यक नरहेको जिकिर गरेका छन् । राजधानीको टेलिभिजनबाट प्रशारण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा कुराकानी गर्दै मन्त्री भट्टले यस्तो बताएका हुन् ।

उनले आफू कुनैपनि गुटमा नरहेको बताउँदै प्रधानमन्त्री ओलीको साथमा रहेको स्पष्ट पारे । उनले भने,”म गुटमा छैन् । सरकारमा छु । मन्त्री छु । प्रधानमन्त्रीको साथमा छु । अहिले मलाई प्रचण्डले बोलाउनुभएको छैन् । मन्त्री भएदेखि उहाँले मलाई फोन पनि गर्नुभएको छैन् । म पनि उहाँकहाँ गएको छैन् । अस्ति उहाँकी छोरीले फोन गर्नुभएको थियो । तर, मैले उठाईन् ।”

उनले अहिले पार्टीभित्र स्थायी कमिटी बैठकको आवश्यकत्ता नभएको जिकिर गरे । उनले भने-“यो बेलामा स्थायी कमिटीको बैठकको माग गर्नु, यो बेमौसमको बाजा हो । अब हामी त नीति तथा कार्यक्रम, र बजेटमा केन्द्रीकृत हुन्छौं । अहिले स्थायी कमिटी बैठक बोलाईँदैन् ।” त्यस्तै, उनले पार्टीभित्र अहिले एक व्यक्ति, एक पदको आवाज उठेकोमा पनि असन्तुष्टि पोखे ।

उनले यो मागपनि बेमौसमको बाजा भएको प्रतिक्रिया दिए । उनले भने,”केपी ओली दुवै पदमा रहनुपर्छ । एक व्यक्ति, एक पद पनि बेमौसमको बाजा हो । कसले र किन यो माग उठाईरहेका छन् मैले बुझिन् । तर, केपी ओली प्रधानमन्त्री र अध्यक्ष दुवै पदमा उहाँ रहनुहुन्छ ।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार