राजनीति
प्रतिपक्षी दल जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाइ क्षमादान (general amnesty ) मार्फत मुलधारको राजनीतिक मार्गमा ल्याउनु पर्ने धारणा ब्यक्त गरेकाछन । उनले विप्लव नेकपा माओवादी आन्दोलनकै र्याडिकल विङ्ग भएको भन्दै राजनीतिक ब्यवहार गर्नु पर्ने धारणा व्यक्त गरेकाछन ।
पुर्व प्रधानमन्त्री समेत रहेका डा बाबुराम भट्टराईले वर्तमान प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन आग्रह गरेका छन् ।
बजेट अधिवेशनको बैठकलाई सम्बोधन गर्दै डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई जीर्ण शरीरलाई आराम दिनआग्रह गरे ।
बाध्यतावस विदेशमा श्रम गर्न पुगेकालाई अत्यन्त गम्भीर अवस्थामा स्वदेशमा नआऊ भन्न नमिल्ने बताए ।
‘नागरिकलाई देश फर्कन नदिएर अनागरिक बनाइएको छ। यो संविधानको व्यवस्था विपरीत हो । श्रम गर्न गएका नागरिकको अवस्था चिन्ताजनक छ। विदेशका विभिन्न स्थानबाट नेपाली नागरिकलाई फर्कन भनेको छ,’ भट्टराईले भने, तर हाम्रो सरकार जिम्मेवार छै । सामाजिक सञ्जालमा एक भिडियो भाइरल भएको छ। नेपालीले कहाँ जाने भनेर भनिरहेका छन्। तर सरकारलाई कुनै चासो छैन।’
साथै उनले एसईई लिन आवश्यकता नै नभएको बताए । भट्टराईले तत्काल एसईई लिन संभव पनि नभएको र लिन आवश्यक समेत नरहेको बताए ।
उनले भने, ‘यसैपनि हाम्रो माध्यमिक शिक्षा १२ सम्म हो। १२ कक्षाको अन्तमा परीक्षा हुन्छ। १० कक्षाको अन्तिममा लिइने परीक्षा लिन आवश्यकतै छैन। विद्यालयलाई आन्तिरक रूपमा नै मूल्यांकन गर्न भने हुन्छ।’