logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

काेराेना अपडेट : २ लाख ७५ हजारकाे मृ’त्यु, कुन देशमा कति ?


  • राजनीति
  • शनिबार, बैशाख २७ २०७७

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण ३८ लाख २३ हजार ५ सय ३८ जना संक्रमित भइसकेका छन् ।

यस्तै २ लाख ६९ हजार ४ सय ४९ जनाको मृ’त्यु भएको छ । चीनको वुहानबाट सुरु भएको यो महामारीको असर पछिल्लो समय युरोपमा बढी देखिएको छ । सिंगो देशको रुपमा सबैभन्दा धेरै असर अमेरिकामाथि परेको छ । जहाँ हालसम्म ७५ हजार ५ सय ५९ जनाको मृ’त्यु भइसकेको छ । यस्तै १२ लाख ५४ हजार ७ सय २६ जना संक्रमित भएका छन् ।

युकेमा पनि कोरोनाभाइरसको असर बढी नै देखिएको छ । प्रारम्भिक चरणमा नियन्त्रणमै रहे पनि युकेमा पछिल्लो समय यसको असर तीव्र रुपमा देखिएको छ । जहाँ मृ’त्यु हुनेको संख्या ३० हजार ६ सय १५ पुगेको छ । यस्तै २ लाख ६ हजार ७ सय १५ जना संक्रमित छन् ।

इटलीमा २९ हजार ९ सय ५८ को मृत्यु भइसकेको छ । संक्रमितको संख्या २ लाख १५ हजार ८ सय ५८ पुगेको छ । स्पेनमा २६ हजार भन्दा धेरेको मृ’त्यु भएको छ । फ्रान्समा २५ हजार ९ सय भन्दा धेरै, ब्राजिलमा ९ हजार भन्दा धेरैको मृत्यु भएको छ । बेल्जियममा पनि मृ’त्युको संख्या ह्वात्तै बढेको छ । जहाँ ८ हजार ४ सय भन्दा धेरैको मृत्यु भइसकेको छ ।

यस्तै जर्मनीमा १ लाख ६९ हजार ९ सय १ जना संक्रमित हुनुका साथै ७ हजार ४ सय भन्दा धेरेको मृ’त्यु भएको छ । पछिल्लो समय रुस, इरान, भारतमा पनि मृ’त्यु र संक्रमितको संख्या तीव्र रुपमा बढेको छ । प्रारम्भिक चरणमा संक्रमणलाई नियन्त्रणमा राख्न सफल भए पनि यी देशमा पछिल्लो केही सातादेखि संक्रमण ह्वात्तै फैलिएको हो । साथै मृ’त्युको संख्या पनि तुलनात्मक रुपमा बढ्न थालेको छ ।

जसमध्ये इरानमा १ लाख ४ हजार ६ सय ९१ संक्रमित छन् । साथै ६ हजार ५ सय ४१ को मृ’त्यु भएको छ । रुसमा भने १ लाख ८७ हजार ८ सय ५९ जना संक्रमित भइसकेका छन् । र १ हजार ७ सय २३ को मृ’त्यु भयो ।’

भारतमा ५९ हजार ६ सय ४२ संक्रमित भएका छन् । मृ’त्यु हुनेको संख्या १ हजार ९ सय ८५ पुगिसकेको छ । यी देशमा पछिल्लो एक महिनायता अधिकांश नयाँ संक्रमित थपिएका हुन् । एक महिना अघिसम्म अमेरिका, स्पेन, इटलीमा संक्रमण फैलने क्रम जति तिव्र थियो, पछिल्लो समय ती देशमा संक्रमण फैलावटको प्रकेति फेरिएको विज्ञहरुले बताएका छन् । बरु भारत, रुस, ब्राजिल, इरान जस्ता देशमा संक्रमण फैलने क्रम तिव्र भएको बताइएको छ ।

सबैभन्दा बढी प्रभावित देशहरु :

अमेरिका

मृत्यु : ७५,५५९

संक्रमित : १,२५४,७२६

यूके

मृत्यु : ३०, ६१५

संक्रमित : २०६,७१५

इटली

मृत्यु : २९,९५८

संक्रमित : २१५,८५८

स्पेन

मृत्यु : २६,०७०

संक्रमित : २२१,४४७

फ्रान्स

मृत्यु : २५,९८७

संक्रमित : १३७,७७९

ब्रजिल

मृत्यु : ९,१९०

संक्रमित : १३५,७७३

बेल्जियम

मृत्यु : ८,४१५

संक्रमित : ५१,४२०

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार