logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

उदयपुरमा थप एक महिलामा काेराेना पुष्टि संख्या ११० पुग्याे


  • राजनीति
  • शनिबार, बैशाख २७ २०७७

उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उदयपुरको भुल्केकी एक महिलामा कोरोना पोजेटिभ पुष्टि भएको प्रदेश नम्बर १ को मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना पोजेटिभको संख्या ३५ पुगेको छ भने निको हुनेको संख्या १४ रहेको छ । आजै प्रदेश नम्बर १ मा ३ जनामा कोरोना पुष्टि भएका थिए ।

उनीहरु १८, ४५ र ६५ वर्षीया महिला रहेका थिए ।
पछिल्लो विवरणअनुसार उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालभर संक्रमितको संख्या ११० पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार