राजनीति
सत्तारुढ दल नेकपाका कास्की जिल्ला अध्यक्ष कृष्ण थापाले जातीय विभेदको विषयमा पी’डक पक्षको पक्षपोषण गरी प्रेस विज्ञप्ति जारी गरेकोमा उनि विरु’द्ध कार’वाहीको माग गर्दै उजुरी गरिएको छ । नेकपा नेता एवं गण्डकी प्रदेशसभा सांसद कृष्ण थापालाई पार्टीभित्रैबाट का’रवाहीको माग गरिएको हो ।
कास्की क्षेत्र नम्बर २ ‘क’ का सांसद तथा नेकपा जिल्ला अध्यक्षसमेत रहेका थापालाई का’रबाही गर्न पार्टीभित्रैबाट उजुरी परेको हो ।
सत्तारुढ नेक’पानिकट दलित नेता एवं संगठनले नेकपा प्रदेश सभा दल र प्रदेश कमिटीमा का’रवाहीको माग गर्दै उजुरी बुझाएका छन् ।
‘पार्टीका विभिन्न दलित संगठन, प्रदेश सभा सदस्यसमेतले जातीय विभेदको विषयमा विज्ञप्ति जारी गरी पीडककै पक्ष लिएको र दलित अधिकारको लडाईं ल’डिरहेकाहरु माथि आँच पु¥याएको भन्दै निवेदन दिनुभएको छ,’ मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार तथा नेकपा प्रदेश कमिटीका सचिव गोविन्द नेपालीले भने, ‘मुख्यमन्त्री र पार्टी अध्यक्ष दुबैजना बाहिर रहेकाले मैले नै निवेदन बुझेको हुँ । उहाँहरु आएपछि छलफल हुन्छ ।’
प्रदेश तथा जिल्ला कमिटी, प्रदेश सभा संसदीय दल, दलित मुक्ति मोर्चा, उत्पी’डित जातीय मुक्ति समाज, दलित जनप्रतिनिधिहरुले थापाको अभिव्यक्तिको भ’त्र्सना गर्दै का’रबाहीको माग गरेका छन् ।
प्रहरी अनुसन्धानमै रहेको विषयलाई जातीय सद्भाव ख’ल्बल्याउने काम भइरहेको र प’क्राउ परेका व्यक्तिलाई बिना सर्त रिहा गर्न सांसद थापाले विज्ञप्तिमार्फत माग गरेका थिए ।
सांसद थापाले दलित अधिकारको ल’डाइँ’माथि नै आँच पु¥याउने काम गरेको भन्दै ५० जना दलित नेता–कार्यकर्ताले हस्ताक्षर गरी पार्टी र संसदीय दलमा उजुरी हालेका हुन् ।
दुबईमा नि’धन भएका पोखरा–१६ बाटुलेचौरका सम्मरबहादुर सुनारको किरिया गर्न सार्वजनिक किरिया समाजघर दिन बञ्चित गरिएको र जातीय वि’भेद गरिएको मोहन सुनारले किटानी जाहेरी दिएका थिए । मोहन सम्मरका दाजु हुन् ।
मोहनकै किटानी जाहेरीका आधारमा प्रहरीले किरियापुत्री भवन निर्माण समितिका अध्यक्ष रामबहादुर जिसी र जनक थापा प’क्राउ परेका छन् । षड’यन्त्रपूर्वक प्रह’रीले हिरा’सतमा लिएको भन्दै नेकपा वडा नम्बर १६ का सचिवालय सदस्य रामबहादुर र जनकलाई रिहाईको माग गर्दै सांसद थापाले विज्ञप्ति निकाले ।
किटानी जाहेरी दिने मोहन स्वयं नेकपा जिल्ला सदस्य छन् । सांसद थापा वडा नम्बर १६ कै स्थायीवासी हुन् ।
सांसद थापाले निकालेको विज्ञप्तिले जातीय विभेदलाई प्रश्रय दिएको भन्दै विश्वकर्मा समाज राष्ट्रिय महासंघ, परियार सेवा समाज, मिजार समाज पनि भत्’र्सना गरेका छन् ।
नेकपाको विधानमा जातीय वि’भेद गर्ने पार्टीको सदस्य हुन नसक्ने प्रावधान छ । केही महिनाअघि पार्टीले जारी गरेको आचार संहितामा पनि जातीय वि’भेदलाई पूर्णत नि’शेध गरिएको छ ।