logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

के हो सवारी सम्बन्धि ‘टाइम कार्ड’ नियम र कसरी पालना गर्ने


  • राजनीति
  • आइतबार, बैशाख २८ २०७७

जारी लकडाउनलाइ खुकुलो बनाउन सरकारले टाइम कार्ड लागु गर्ने भएको छ । कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरण गर्न आज देखि काठमाडौं उपत्यकामा सवारी चलाउन ‘टाइम कार्ड’ लागू हुने भएको छ।

आइतबारदेखि सरकारले सर्तसहित छुट दिएका विभिन्‍न क्षेत्रका उध्योग खोल्नका लागि यस्तो निर्णय भएको ट्राफिक महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए।

उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरी र उद्योग वाणिज्यका पदाधिकारी को छलफलपछि सवारी सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो ।

महाशाखा प्रमुख ढकालले दिएको जानकारी अनुसार निर्माण सामाग्री बोक्ने मालवाहक ट्रक र ट्रीप्परलाई बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म चल्न दिइनेछ।

सरकारले तोकेका निश्चित सरकारी कार्यालयका कर्मचारीका लागि बिहान ९:३० देखि १०:३० सम्म र बेलुका ५ बजेदेखि ६ बजेसम्म चल्नेछन। यस्तै, बैंक तथा वित्तिय संस्थाका सवारीलाई बिहान ९ देखि १० बजेसम्म र बेलुका ३:३० देखि ५ बजेसम्म चल्न दिइनेछ।

औषधि तथा खानेपानीका सवारी दिनभर चल्न पाउनेछन भने अत्यावश्यक खाद्यान्नका सामाग्री बोक्ने साधन भने बिहान ४ बजेदेखी १० बजेसम्म चल्न पाउने प्रमुख ढकालले जानकारी दिए।

निश्‍चित तोकेको समय भन्दा ढिलो वा चाडो सवारी चलाएको खण्डमा बिहान नियन्त्रण लिए दिनभर र बेलुका नियन्त्रण लिए बिहान सम्म होल्ड गरिने ढकालले बताए।

सवारी पास बोकेर अनाधिकृत चलाएको पाइएकोले यसलाई थप निगरानी गरि कडा कारबाही गरिने ढकालले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार