अमेरिकाका राष्ट्रपति र उपराष्ट्रपति दुवैका नजिकका मान्छेमा कोरोना संक्रमण देखिएको छ । राष्ट्रपति डोनाल्ट ट्रम्पका एक सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको दुई दिनपछि शुक्रबार उपराष्ट्रपति माइक पेन्सीकी प्रेस सेक्रेटरी पनि संक्रमित देखिएकी हुन्।
योसँगै राष्ट्रपति कार्यालय ह्वाइट हाउसले राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति पेन्स दुवैलाई उच्च निगरानीमा राखेर कोरोना रहे/नरहेको निर्क्याेल गर्न दैनिक परीक्षण गर्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
राष्ट्रपतिलाई सुरक्षित राख्न हरेक उपाय अपनाइएको ह्वाइट हाउसले जनाएको छ। अहिले विश्वमा कोरोना भाइरसको चपेटामा सबैभन्दा बढी अमेरिका नै परेको छ।
त्यहाँ अहिलेसम्म कोरोनाबाट ७७ हजार भन्दा बढी मानिसको मृ’त्यु भइसकेको छ भने १२ लाख ८३ हजार भन्दा बढी संक्रमित भइसकेका छन्।
अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या ६० हजार नाघेको छ ।
जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार अमेरिकामा अहिलेसम्म ६० हजार नौ सय ६७ मानिसको कोरोना भाइरसको कारण मृ’त्यु भइसकेको छ । त्यस्तै संक्रमितको संख्या पनि १० लाख ३८ हजार पुगेको छ ।
कोरोना भाइरसको कारण अमेरिकाको न्युयोर्क राज्य सबैभन्दा बढी प्रभावित बनेको छ । न्युयोर्कमा अहिलेसम्म करिब तीन लाख मानिस संक्रमित भइसकेका छन् भने २३ हजार चार सय ७७ जनाको मृ’त्यु भइसकेको छ ।
त्यस्तै न्यु जर्सीमा एक लाख १६ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् भने ६ हजार सात सय ७१ जनाको मृ’त्यु भइसकेको छ । मासाचुएट्समा पनि संक्रमितको संख्या ६० हजार नाघेको छ भने तीन हजार चार सय पाँच जनाको मृ’त्यु भइसकेको छ । अहिलेसम्म अमेरिकामा एक लाख २० हजार सात सय २० जना निको भएर घर फर्किएका छन् ।