logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

ओबामाकाे ट्रम्पलाई चे’तावनी


  • एजेन्सी
  • आइतबार, बैशाख २८ २०७७

अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पको कडा आ’लोचना गरेका छन् ।

कोरोनाभाइरससँग जुध्नका लागि राष्ट्रपति ट्रम्पको कदमलाई उनले कडा शब्दमा आ’लोचना गरेका छन् ।

ह्वाइट हाउसमा रहँदा उनका लागि काम गर्ने तीन अधिकारीसँगको एक नीजि कुराकानीमा उनले जसरी अमेरिकाले यो महामारीसँग जुधिरहेको छ त्यसलाई पूर्ण रुपमा एक ‘अ’राजक–आप’त्तियु’क्त’ स्थिती बताएका छन् ।

उक्त कुराकानीको क्रममा पूर्व राष्ट्रपति ओबामाले नोभेम्बरमा हुने चुनावमा जो बिडेनको समर्थन गर्दै एउटा ठूलो भूमिका निभाउन चाहेको बताए ।

ओबामा एलुम्नाई असोसिएसनका सदस्यसँगको करिब आधा घण्टाको उक्त कुराकानीमा विश्वव्यापी महामारीको यो समयले मजबुत सरकारको नेतृत्वको आवश्यकतालाई पुनः एकपटक स्मरण गराइदिएको उनले बताए । उक्त टेलिफोन वार्ता ओबामाका पूर्व कर्मचारीलाई बिडेनको चुनावी अभियानमा बढीभन्दा बढी सक्रिय रहन आग्रहसहित गरिएको थियो ।

‘आउँदै गरेको चुनाव अ’त्याधिक महत्वपूर्ण छ किनभने हामी विशेष एक व्यक्ति वा राजनीतिक पार्टीसँग सं’घर्ष गरिरहेका छैनौं,’ ओबामाले भने । ‘हामी जुन कुराविरु’द्ध लडिरहेका छौं, त्यो दीर्घकालीन प्रवृत्ति हो जसमा –स्वार्थी हुनु, आदिवासी हुनु, विभाजित हुनु र अन्य व्यक्तिलाई दु’श्मन देख्नु– यो अमेरिकी जीवनमा एक बलियो आ’वेग बनेको छ ।’

याहू न्यूजले टेलिफोनवार्ताको अडियो रेकर्डसमेत प्रकाशित गरेको छ । ओबामाका प्रवक्ताले पूर्व राष्ट्रपतिको बयानबारे टिप्पणी गर्न अ’स्विकार गरे ।

स्रोतः सीएनएन

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार