राजनीति
वरिष्ठ नेता माधवकुमार नेपालले भारतले नेपाली भूमिबाटै चीनको मानसरोवर जाने बाटो निर्माण गरी उद्घाटन गर्नु अत्यन्त दुखद र आपत्तिजनक विषय भएको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विदेश विभाग प्रमुख तथा पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले आइतबार प्रेस वक्तव्य जारी गर्दै यसअघि भएका सम्झौता र सहमतिहरुको उल्लंघन हुनुका साथै नेपालको सार्वभौमसत्ता र अखण्डतामाथि प्रहार भएको बताएका छन् ।
उनले भारतले राजनीतिक नक्सा जारी गरेपछि उत्पन्न परिस्थितिमा औपचारिक तहमा वार्ता गर्नका लागि नेपाल सरकारले २ पटक पत्र लेख्दा समेत त्यस विषयमा तदारुकताका साथ वार्ता प्रक्रिया अघि बढाउनुको साटो नेपालको सार्वभौमसत्ता संकुचन हुनेगरी भारतले यस्तो कदम चाल्नुले गम्भिर बनाएको जनाएका छन् ।
‘यस संवेदनशिल विषयमा उच्च राजनीतिक तहमा वार्ता गर्न, नेपालको वैध हकलाई कुनैपनि हालतमा कुष्ठित हुन नदिन र र र आवश्यक तथ्यसहित प्रस्तुत हुन र आफ्नो भुमिकायम गर्न हामी नेपाल सरकारको गम्भिरतापूर्वक ध्यानाकर्षण गराउन चाहान्छौ’, नेता नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
नेता नेपालले कोभिड १९ को महामारीको अन्त्य नकुरी भिडियो कन्फरेन्समार्फत कुराकानी गर्न दुवै देशका सरकारको ध्यानाकर्षण गराएका छन् ।