राजनीति
गोरखामा दुई छुट्टा छुट्टै नदीले बगाउदा दुईजना वेपत्ता भएक छन।
आइतवार दिउसो त्रिशुली नदीले बगाएर गण्डकी गाउँपालिका-१ पाङखोलाका १४ वर्षीय विकास चेपाङ बेपत्ता भएका हुन। नदीमा बुबा रुद्रबहादुर चेपाङसँग माछा मार्ने क्रममा उनलाई बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी बासुदेव खतिवडाले बताए।
यसै गरी मस्र्याङ्दी नदीले बगाएर १९ वर्षीय कृष्णबहादुर पुन मगर बेपत्ता भएका हुन। बाग्लुङ जिल्लाको बरेनडाँडा गाउँपालिका १ घर भएका मगरलाई सहिद लखन गाउँपालिका ३ भुवनटारस्थित मस्र्याङ्दी नदीको छेउमा पौडी खेल्ने क्रममा नदीले बेपत्ता बनाएको हो ।
उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।