logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

कुलंगार छिमेकी !


  • DB सर्वश्रेष्ठ
  • सोमबार, बैशाख २९ २०७७

म त ,
नबोलौ भनेको
चियाएर हेदै जान्छ त
त्यो छिमेकी कुलंगार छिमेकी

सदै मुस्कुराइ रहने
झलमल्ल लालिगुरासले
सजिएकी देखेर
मेरै आँखा अगाडि चोली
खोल्न पो खोज्छ त त्यो
छिमेकी कुलंगार

म त ,
नबोलौ भनेको
आखौ अगाडि मेरि मातृ भुमी आमालाइ
बल’त्कार गर्न पो खोज्छ त
त्यो छिमेकी कुलंगार मैल्ले बोल्नै पर्ने भयो
सिरुपाते खुकुरी बोक्नै पर्ने भयो
आमाको अस्मिता लुट्नेलाई
छप्काउनै पर्ने भयो ।
म त ,नबोलौ भनेको
बोल्नै पर्ने भयो ।

नाला पानी काला पनि
पुर्खा हो वीर
भनै पर्ने भयो
छिमेकी कुलंगारको काल
बन्नै पर्ने भयो ।
मत नबोलौ भनेको
बोलनै पर्ने भयो
पुर्खाको इतिहास जोड्नै
पर्ने भयो ।………
छिमेकी कुलंगार आँखा
पोर्नै पर्ने भयो
म त,
नबोलौ भनेको बोल्नै
पर्ने भयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार