logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

काठमाडौमा मसाल जुलुस


  • राजनीति
  • सोमबार, बैशाख २९ २०७७

भारतीय हस्तक्षेपको वि’रोध र नेविसंघका प’क्राउ परेका नेता–कार्यकर्ता रिहाइको माग गर्दै राजधानीको बालाजु क्षेत्रमा मसाल जुलुससहित प्रदर्शन गरिएको छ ।

नेपाल विद्यार्थी संघ र नेपाली काङ्ग्रेस तारकेश्वर नगरपालिका–४ को आयोजनामा लोलाङदेखि बाइपाससम्म मसाल जुलुससहित वि’रोध प्रदर्शन गरिएको हो ।

नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टको नेतृत्वमा भएको विरोध प्रदर्शनमा नेपाली काङ्ग्रेस तारकेश्वर नगरपालिका वडा नम्बर ४ का सभापति मनोज राना, महासमिति सदस्य डिल्लिराम सापकोटा ,वरिष्ठ अधिवक्ता ठाकुरराम आचार्य, प्राध्यापक संघका केन्द्रीय सल्लाहकार धनेश्वर नेपाल ,विद्यार्थी नेताहरु सन्तोष गुरुङ, जीवन राना, सुशान्त आचार्य, सुदीप अधिकारी स्थानीय नेताहरु देविराज छत्कुल्ली ,खड्गबहादुर थापा,कृष्ण अधिकारी ,रामशरण अधिकारी ,टेकनाथ दाहाल लगायतको उपस्थिति रहेको थियोे ।

लिपुलेकमा भारतीय अतिक्रमणका वि’रुद्धमा नेपाल विद्यार्थी संघले सोमबार काठमाडौंमा गरेको प्रदर्शनमा नेविसंघका नेता कार्यकर्ता पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा नेविसंघका अध्यक्ष राजिव ढुंगाना, महामन्त्रीहरु प्रभात दाहाल, उर्मिला थपलिया, दिपक भट्टराई, बलदेव तिम्सिना र यूवराज पाण्डे लगायत एक सयभन्दा बढी विद्यार्थी नेता कार्यकर्ता रहेका छन् । उनीहरुलाई महेन्द्र पुलिस क्लब लगायतका स्थानमा राखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार