राजनीति
भारतमा कोरोना भाइरसबाट संक्रमित एक जना नेपालीको मृत्यु भएको छ । पाल्पा निस्दी गाउँपालिका स्थायी घर भएका एक जनाको भारतमा केही दिनअघि मृत्यु भएको बताइएको छ ।
पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर ७, ज्यामिरेका ४५ वर्षिय हर्क सिंह दिशामगर केही दिन अगाडि कोरोना भाइरसबाट संक्रमित भएका थिए । संक्रमित उनको केही दिनअघि मृत्यु भएको वडा सदस्य लाल बहादुर सारुले जानकारी दिए ।
उनको उपचारको क्रममा मृत्यु भएको जनाएको छ ।