राजनीति
माओवादी केन्द्रको संसदिय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट बारे छलफल भएको छ । पार्टी एकताको नजिकै पुगेको भनिएको बेला ओलीले गरेको ट्विटले राम्रो संकेत नगरेको भन्दै संसदहरुले कुरा उठाए पछि प्रचण्डले पनि त्यो ट्विट आफू लक्षित भएको भन्दै यो बारे प्रधानमन्त्री सग छलफल हुने बताएका छन ।
तीन दिन अगाडिको केपी ओलीको ट्विटमा भनिएको छ । ‘हामी विकास र समृद्धिको एजेण्डामा हिँडिरहेकाछौं । आफ्नो दूनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुनसक्छ । लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिबिम्ब सरकारका काममा देखापर्छ । किनकी सरकारले जनताबाटै कार्यादेश लिएको हुन्छ । सार्वभौमसत्ता जनतामा थियो र छ ।
ट्वीटमा भएको ‘आफ्नो दूनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेका’ भन्ने वाक्यले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माओवादी केन्द्रका नेताहरुलाइ चस्को पसेको बुझिएको छ ।
पहिलोपटक प्रधानमन्त्री बनेको बेला माओवादीको ‘मुभ’ले ओली सरकार ढलेको थियो । कांग्रेससँग सरकारमा रहेको सायमा प्रचण्डले अर्को ‘मुभ’ गरेर वामपन्थी गठबन्धन बनाए । नयाँ शक्ति पार्टीका नेता डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका उपेन्द्र यादवसँग प्रचण्डले छलफल गरेको विषयले पनि राजनीतिक सरगर्मी निम्ताएको छ ।