राजनीति
कोभिड १९ महामारी तत्काल अन्त्य हुने लक्षण देखिएको छैन । पाँच महिनादेखि विश्व समुदायलाई नै सताइरहेको महामारीका कारण झण्डै ३ लाखको मृत्यु भएको छ ।
२ सय भन्दा धेरै देशका ४२ लाख भन्दा धेरै मानिस संक्रमित भएका छन् । अफसोच, यसबाट तिव्र रुपमा संक्रण फैलिरहेको छ । कतिपय देशमा त संक्रमण नियन्त्रणमा आइसकेपछि पनि फेरि बल्झिन थालेको छ ।
चीन, इरान, युके, स्पेन, रुस लगायत देशमा संक्रमण नियन्त्रणमा आइसकेको भनिए पनि फेरि तिव्र रुपमा फैलिँदा आश्चर्य र चिन्ता थपिदिएको छ । भारत, ब्राजिल, टर्की लगायत देशमा भने छोटो समयमै संक्रमण फैलिएको छ । ती देशमा एकै दिनमा हजारौँ मानिस संक्रमित बनेका छन् ।
कहाँ कति मृत्यु कति संक्रमण ?
‘वल्र्डोमिटर्स डट इन्फो’का अनुसार सोमबारसम्म विश्वभर ४२ लाख २५ हजार १८ जना संक्रमित भइसकेका छन् । यस्तै २ लाख ८५ हजार १ सय ५२ को मृत्यु भएको छ । तीमध्ये ४७ हजार भन्दा धेरैको स्वास्थ्य अवस्था गम्भीर छ । तर १५ लाख ११ हजार ६ सय भन्दा धेरैको उपचार सम्भव भएको छ ।
अमेरिकामा हालसम्म १३ लाख ७२ हजार ९ सय १३ संक्रमित भएका छन् । मृत्यु हुनेको संख्या ८० हजार ९ सय ३८ पुगेको छ । यस्तै स्पेनमा संक्रमितको संख्या २ लाख ६८ हजार १ सय ४३ पुगेको छ भने मृत्यु हुनेको संख्या २६ हजार ७ सय ४४ पुगेको छ ।
युकेमा २ लाख २३ हजार ६० जना संक्रमित छन् । यस्तै मृत्यु हुनेको संख्या ३२ हजार ६५ पुगिसकेको छ । रुसमा संक्रमितको स.ख्या २ लाख २१ ह्जार ३ सय ४४ पुगेको छ भने २ हजार भन्दा धेरैको मृत्यु भयो ।
इटलीमा २ लाख १९ हजार ८ सय १४ जना संक्रमित छन् । ३० हजार ७ सय ३९ जनाको मृत्यु भयो । फ्रान्समा संक्रमितको संख्या १ लाख ७६ हजार ९ सय ७० पुगे । मृत्यु हुनेको स.ख्या २६ हजार ३ सय ८० छ ।
जर्मनीमा १ लाख ७१ ह्जार ९ सय ९९ जना संक्रमित छन् भने मृत्यु हुनेको संख्या ७ हजार ५ सय ६९ भन्दा बढी छ । ब्राजिलमा १ लाख ६३ हजार ५ सय १० जना संक्रमित छन् । ११ हजार २ सय भन्दा धेरैको मृत्यु भइसक्यो ।
टर्कीमा पनि १ लाख भन्दा धेरै संक्रमित भएका छन् । त्यहाँ १ लख ३८ हजार ६ सय ५७ जना संक्रमित छन् । यस्तै ३ हजार ७ सय ८६ जनाको मृत्यु भयो । इरानमा भने १ लाख ९ हजार २ सय ८६ जना संक्रमित छन् । ६ हजार ६ सय ८५ को मृत्यु भइसक्यो । भरतमा ६९ हजार ४ सय भन्दा धेरै संक्रमित छन् । यस्तै २ हजार २ सय ५४ को मृत्यु भइसक्यो ।