logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

काेराेना लुकेको अमेरिकाकाेे ठुलो दुश्मन हाे : ट्रम्प


  • राजनीति
  • मंगलबार, बैशाख ३० २०७७

WASHINGTON, DC - JANUARY 08: U.S. President Donald Trump speaks from the White House on January 08, 2020 in Washington, DC. During his remarks, Trump addressed the Iranian missile attacks that took place last night in Iraq. (Photo by Win McNamee/Getty Images)

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनको देशले हरेक दिन एक लाख ५० हजारदेखि तीन लाख व्यक्तिको परीक्षण गरिरहेको छ । हालसम्म यहाँका १३ लाख ८५ हजार बढी व्यक्ति संक्रमित छन् ।

यस्तै अर्कोतर्फ अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८१ हजार पार भएको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार अमेरिकामा कोरोनाका कारण हालसम्म ८१ हजार ७ सय ९५ को मृत्यु भइसकेको छ ।

ट्रम्पले आफ्नो सम्बोधनमा अमेरिकी अर्थव्यवस्था अर्को वर्ष निकै राम्रो स्थितीमा पुग्ने बताएका छन् । उनले भने, ‘अर्को वर्ष सबैभन्दा राम्रो वर्ष प्रमाणित हुनेछ किनभने बजारमा माग अत्यधिक हुनेछ ।’

संसारभरीको अर्थव्यवस्था झैं अमेरिकालाई पनि कोरोनाभाइरसका कारण ठूलै झट्का लागेको छ । संसारभरी सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ । यस्तै गत हप्ताको आँकडा अनुसार अमेरिकामा कोरोनाभाइरसका कारण ३.३ करोड व्यक्ति बेरोजगार भएका छन् ।

ह्वाइट हाउसका एक कर्मचारी कोरोना पोजेटिभ पाइएपछि ट्रम्पले भने, ‘एक व्यक्ति पोजेटिभ पाइएका छन् । यो अचम्मको कुरा हो कि उनको एक दिन अघिको परीक्षण नेगेटिभ थियो । यो लुकेको दुश्मन हो । लुकेको दुश्मन र हामीले यो कुरा याद राख्नुपर्छ ।’

स्रोतः बीबीसी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार