राजनीति
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले आगामी नेतृत्व चयन गर्न जेठ पहिलो हप्ता केन्द्रीय कमिटी बैठक बोलाएको छ
माओवादी केन्द्र सग एकीकरणपूर्व कुनै पनि संगठनका महाधिवेशन आयोजना गर्न पार्टीले रोक लगाएकाले केन्द्रीय कमिटीबाट नयाँ अध्यक्ष चयन गर्न खोजिएको बताइएको छ ।
अखिलको अधिवेशन फागुनमा भइसक्नुपर्ने थियो । यसबीचमा अध्यक्ष नवीना लामा प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि उनले संगठनबाट बिदा लिन चाहेकी छन् । लामाले अध्यक्षबाट राजीनामा दिने चाहना पार्टी नेतृत्व र अखिल बैठकमा ब्यक्त गरेपछि नयाँ अध्यक्षका प्रत्याशीहरुले आ–आफ्नो दौडाहामा लागेकाछन ।
आकाक्षी धेरै भएकाले केन्द्रीय कमिटीको बहुमतबाट नयाँ अध्यक्ष चयन हुने अनेरास्ववियूका नेताहरुले बताएका छन् ।
अखिलको स्थायी समितिको मंगलवार बसेको बैठकले जेठ ४ र ५ गते केन्द्रीय कमिटीको पूर्ण बैठक आह्वान गरेको महासचिव ऐन महरले विज्ञप्तिमार्फत जनाएका छन् । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको सभाहलमा आयोजना हुने बैठकलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने महरले बताए ।
केन्द्रको बैठक व्यवस्थापनका लागि महासचिव ऐन महरको संयोजकत्वमा जनपरिचालन समिति गठन भएको छ । त्यस्तै कोषाध्यक्ष झपिन्द्र खत्रीलाई आर्थिक समिति र सचिव आरसी लामिछानेलाई खाद्य समितिको नेतृत्व दिइएको छ । त्यस्तै अर्का सचिव समिक बडाललाई आवास तथा मञ्च व्यवस्थापनको जिम्मेवारी दिइएको महरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।