logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेतृ रञ्जुु दर्शना पक्राउ


  • राजनीति
  • मंगलबार, बैशाख ३० २०७७

विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शना पक्राउ परेकी छिन् । भारतले नेपालको भूमि अतिक्रमण गरेका विरोधमा मंगलबार दिउँसो राजधानी काठमाडौँमा प्रदर्शन गर्ने क्रममा पक्राउ परेकी हुन् । दर्शनासहित अन्य दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

देशमा लागू गरिएको लकडाउनका बीचमा पनि काठमाडौँमा भारतको कदमको विरोधमा दैनिकरुपमा प्रदर्शन भइरहेका छन् । यसअघि आज कलंकीबाट अधिवक्ता सुरेन्द्र भण्डारी पनि पक्राउ परेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार