राजनीति
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ विगत केही महिना देखि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । कतिपयले उनि पुरै भुमिगत भएको अडकल गरेकाछन भने कतिपयले उनी ग्रामिण बस्तीका जनता सग भेट्घाट अंतरकृयामा भएको समाचार समेत बाहिर आएको छ । तर नेकपा स्रोतले भने उनी पार्टीको आन्तरीक काममा ब्यस्त भएको बताएको छ ।
वर्तमान सरकारलाई सामाजिक दलालहरुको गठजोड भएको सत्ता भन्दै आएको नेकपा र उसको मुल नेतृत्व यति बेला सर्वाधिक सोधी खोजीको बिषय बनेको छ । पछिल्ला निर्वाचनमा कडा रुममा गतिविधि गरेको नेकपा राज्यलाइ कर नबुझाएको आरोपमा एनसेल टावरमा वम हान्ने देखि भ्रष्टाचारीलाइ कार्वाही गरे बाट जनसमर्थन अग्लिएको छ भने केही जनगुनासो समेत खेपेको छ ।

राज्य सत्ताको विरुद्धमा लड्ने उद्धघोष गरेको नेकपाको मुल नेतृत्व विप्लव अहिले संचार माध्यम र बाहिर केहि लेख र बिज्ञप्ती मार्फत बाहिर आउने बाहेक प्रत्यक्ष नदेखिएको लामो समय नै भएको छ । उनी कहाँ छन कसरी बसेका छन के गर्दैछन भन्ने कुरा सिमित नेतालाइ बाहेक कसैलाइ पत्तो नभएको बुझिन्छ ।
सरकारले विभिन्न आरोप लगाउदै पक्राउ पुर्जी जारी गरेका विप्लव आफ्नो पार्टीको महाधिवेशनका बेला रोल्पाको थवाङ्गमा बाँस बसेको घर जहा विप्लव लगायत नेताहरु त्यही घरमा बसेका थिए । थवाङ्ग उनको पकेट एरिया मानिन्छ।