logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

लकडाउनका कारण भारतमा ४१८ काे मृत्युु


  • राजनीति
  • बुधबार, बैशाख ३१ २०७७

कोरानाभाइरसको आकार मात्र ६० न्यानोमिटर रहेको छ । यो यति सानो छ कि एउटा कलमले बनाएको सानो थोप्ला पनि लाखौँ कोरोनाभाइरस अँटन् सक्नछन् । यही भाइरसले विश्वभर करिब साढे २ लाख मानिसको ज्यान लिइसकेको छ । भारतमा हालसम्म कोरोनाभाइरसको संक्रमणबाट २ हजार बढीले ज्यान गुमाइसकेका छन् । तर, त्यहाँ ४१८ जना यस्ता पनि छन् जसले कोरोनाभाइरसबाट नभएर त्यसलाई नियन्त्रण गर्न लागू गरिएको लकडाउनका कारण ज्यान गुमाएका छन् । यो आँकडा ११ मेसम्मको हो ।

११ मेसम्म कूल ९१ व्यक्तिले लकडाउनका कारण आत्महत्या गरेका छन् । यसमा लकडाउनका कारण रोजगारी गुमाएका र काम बन्द भएका र डिप्रेशन भएकाहरु छन् ।

लकडाउनको सबैभन्दा ठूलो मार प्रवासी मजदुरमा परेको छ । जब फ्याक्ट्री र काम धन्दा बन्द भयो, मजदुरहरु घर जान अत्तालिन थाले । यसैले ८३ जना मजदुरको ज्यान लियो । मे ८ मा मात्र महाराष्ट्रको ओरंगाबादमा १६ मजदुरले ज्यान गुमाए । उनीहरु मध्य प्रदेशका थिए र महाराष्ट्रको जालना स्टील फ्याक्ट्रीमा काम गर्थे । औरंगावादबाट मध्यप्रदेशका लागि जाने रेल चढ्न उनीहरु जालनाबाट हिँडदै त्यहाँ पुगे । राति थाकेर रेलवे ट्रयाकमा सुतेका उनीहरुमाथि मालवाहक रेल चढेको थियो । यसरी दुर्घटनाबाट धेरै मदुरहरुले ज्यान गुमाएका छन् ।

यता, मद्यपानको लत भएका ४६ जनाले लकडाउनमा ज्यान गुमाएका छन् । रक्सी नपाएका उनीहरुमध्ये केहीले स्यानिटाइजर पिएका थिए भने केहीले डिस्इन्फेक्टेन्ट ।

त्यस्तै, भोकमरी या आर्थिक संकटका कारण ५८, समयमा स्वास्थ्य सहायता नपाएको करण ४२, लकडाउनसँग जोडिएको अपराधबाट १४ र हिंसाबाट १२ जनाले ज्यान गुमाएका छन् ।

लकडाउनका कारण उत्तर प्रदेशमा सबैभन्दा बढी ७३ जनाको मृत्यु भएको छ । यसमा धेरै मजदूरहरु रहेका छन् । युपीपछि महाराष्ट्रमा ५० भन्दा बढीले ज्यान गुमाएका छन् ।

दैनिक भास्कर

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार