राजनीति
विप्लव निकट नेपाल कम्युनिस्ट पाटी का रुकुम पश्चिम जिल्ला इन्चार्ज चन्द्र बहादुर बुढाले बुधबार भुमिगत अवस्थामा जनवादी बिहे सम्पन्न गरेका छन ।रुकुमकाे आठविसकाेट नगरपालिका वडा नम्बर ८ निवासी बुढाले नेकपाकै विद्यार्थी संगठनमा आबद्ध रुकुमको खारा निवासी मेनुका ओली सँग सामाजिक दुरि कायम गर्दै भुमिगत स्थानमा जनवादी विहे सम्पन्न गरेका हुन ।
तत्कालीन अख्तियार प्रमुख लाेकमानसिंह कार्कीलाई कालाे माेसाे दलेर चर्चामा आएका बुढा सरकारले उनको पाटीलाई प्रतिबन्ध लगाएपछि भुमिगत छन । उनीहरुकाे बिहेलाई नेकपा राप्ति ब्युरोले अनुमति दिएपछि जनवादी शैली अनुसार बिहे सम्पन्न भएको बताइएकाे छ । उनीहरुले बिहेमा हुनेछ फजुल खर्चलाई समाजसेवामा लगानी गरेका छन ।
रुकुमको आठविसकाेट नगरपालिकामा निर्माण गरिएको काेराेना अस्पतालकाे लागि २५ हजार र सहिद गाेकुल राना कि श्रीमती मालति राना बबई गाउँपालिका धनुबास दाङलाई २५ हजार सहयोग गरेकाे बताएका छन ।बिहे खर्चको लागि छुट्टयाइएको ५० हजार समाजसेवामा लगानी गरेको छन् ।