logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

भारतसंग सिधा वार्ता गराै : देउवा


  • राजनीति
  • बुधबार, बैशाख ३१ २०७७

प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवाले सीमा समस्या समाधानका लागि वक्तव्यवाजीमात्र नगरी उच्च स्तरमा सार्थक एवं परिणाममुखी पहल गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साझ भएको सर्वदलीय बैठकमा सभापति देउवाले सीमा विवाद समाधानका लागि कुटनैतिक र राजनैतिक रूपमा उच्चस्तरमा पहल गर्न आग्रह गरेको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । त्यसका लागि नेपाली काँग्रेसको पूर्ण साथ सरकारलाई रहने उनले बताए ।

पौडेलद्वारा विज्ञप्तिमा भनिएको छ, ‘सन् १८१६ को सुगौली सन्धीले नेपालको पश्चिमी सिमाना महाकाली नदी कायम गरेको ऐतिहासिक तथ्यनै विद्यमान प्रकरण समाधानको मुल आधार हो ।
अतः महाकाली नदी पूर्वको लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका भू–भाग नेपालका हुन् । यस बारे नेपाली कांग्रेसले सदैव प्रष्ट धारणा राख्दै र आवश्यक भूमिका निभाउँदै आएको छ । यो नेपाली भूमिबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने र नेपालको अविच्छिन्न अधिकार निर्वाध रहनु पर्ने धारणा यस बैठकमा पुनः दोहो¥याउन चाहन्छु ।’

नेपाल सरकारले लिपुलेकबारे चीन र भारतसँगै संवाद गर्नुपर्ने उनले बताए । लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि हो । यस माथिको अतिक्रमण आफूहरुलाई ठाडै अस्वीकार्य रहेका बताए ।

देउवाले कालापानीमा रहेका भारतीय सैनिक फिर्ता हुनुपर्नेमा देउवाले जोड दिए । यस्तै देउवाले एमसीसीलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।

यस्तै उनले देशको समृद्धि, कोरोना विरुद्धको संघर्ष र लिपुलेक लगायतको राष्ट्रियताको विषयमा सरकारले चाल्ने सबै सकारात्मक कदममा नेपाली कांग्रेसको पूर्ण सहयोग रहने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार