राजनीति
अछामका एक युवाले भारतमा आ’त्मह’त्या गरेका छन् । भारतको राजकोटमा ४ वर्षदेखि नोकरी गर्दै आएका बान्नीगढी जयगढ गाउँपालिका-२ जनालीकोटका शेरे हुड्के ले परिवार पाल्न नसक्ने भएपछि बाध्य भएर आ’त्मह’त्या गरेको मृ’तकका अंकल झपट हुड्केले बताएका छन ।
उनको ६ जनाको परिवार गुजरात राज्यको राजकोट सहरमा बस्दै आएको थियो ।राजकोटमा मृ’तक हुड्केकी श्रीमती मन्न देवी, ३ छोरी र एक छोराको बिचल्ली भएको छ ।
जनालीकोटका वडाध्यक्ष नेत्र साउदले मृ’तकका परिवारलाई गाउँ ल्याउन पहल भइरहेको बताए । उनले भने,’ हाम्रो पहुँच त्यहाँसम्म पुग्दैन, संघीय र प्रदेश सरकारलाई आग्रह गरेको छु, अहिले १५ हजार (भारु) रकम मृतकका परिवारलाई दिएका छौं, उनीहरुले रकम पाइसकेका छन्, यसले केही राहत हुनेछ ।’
एकातिर भोकको चिन्ता अर्कोतिर लकडाउनमा बस्ने ठेगाना नभएपछि यही वैशाख २८ गते उनले आ’त्मह’त्या’ गरेका हुन । लकडाउन सुरु भए पछी उसको मालिकले घर छोड्न भनी चेतावनी पनि दिएको बताइेको छ। यो समाचार गीता कुवरले अन्नपुर्ण पोष्टमा लेखेकी छन।