राजनीति
लमजुङ – प्रहरीले मंगलबार ज’बर्ज’स्ती क’रणीको अभियोगमा एक युवालाई मंगलबार पक्राउ गरेको छ । प्रहरीले तनहुँको दमौलीबाट मध्यनेपाल नगरपालिका ६ का २५ वर्षीय सोनाम धिंगाललाई प्रकाउ गरेको समाचार आश गुरुङले कान्तिपुरमा लेखेका छन।
यही वैशाख २८ गते आइतबार राति एक १४१५ वर्षीया किशोरीलाई रातको समयमा ज’बर्ज’स्ती क’रणी गरेको अभियोगमा धिंगालविरुद्ध प्रहरीमा उजुरी परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी रविन्द्रमान गुरुङले बताए।
धिंगाललाई बेंसीसहरस्थित जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र थप अनुसन्धान गरी जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।