logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

जेठ ५ गतेसम्म गोरखा र रौतहट पुर्ण रुपमा सिल


  • राजनीति
  • बुधबार, बैशाख ३१ २०७७

कोरोना भाइरस रोकथाम नियन्त्रण र व्यवस्थापन सम्बन्धी जिल्ला स्तरीय कमाण्ड पोष्ट, जिल्ला सुरक्षा समिति र कोरोना क्राइसिस मेनेज्मेन्ट सेन्टरको आजको संयुक्त बैठकले जेठ १ गतेदेखि ५ गते सम्म गोरखा जिल्ला प्रवेश गर्ने पाँच वटा नाका पूर्ण रुपमा बन्द गरी जिल्ला सिल गर्ने निर्णय गरिएको छ । उ

क्त निर्णय अनुसार बैंक तथा वित्तिय संस्था, सरकारी कार्यलय पूर्ण रुपमा बन्द रहनेछन् । यस्तै खाद्यन्न , तरकारी दुधजन्य पदार्थ बोक्ने गाडीहरु पूर्ण रुपमा बन्द हुनेछन् । जिल्लामा प्रयाप्त खाद्यन्न भएकोले उक्त पसलहरु समय मिलाएर खोल्न छुट हुनेछ ।

मासुजन्य पसलहरु खुला हुनेछन् । अत्यावश्यक काम बाहेक अन्य अवस्थामा घरबाहिर ननिस्कन जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ ।

जिल्लाको आरुघाट, सिउरेनीटार, मझुवा, नयाँपुल, तुरतुरे गरी पाँच स्थानमा चौविसै घण्टा सुरक्षाकर्मी खटाई जिल्ला प्रवेशलाई निषेध गर्ने नीति जिल्लाको कमाण्ड पोष्टले लिएको छ ।

विरामी बोकेका भैपरी आउने प्रकोप, लास बोक्ने गाडीका लागि भने सवारी चलाउन सहजीकरण गर्ने भनिएको छ ।

रौतहटलाई पूर्ण रुपमा बन्द गर्ने निर्णय

स्थानीय प्रशासनले अगामी जेष्ठ ५ गते सम्मका लागी रौतहटलाई पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयको निर्देशन तथा जिल्ला सुरक्षा समितिको बुधवार बसेको बैठकले अगामी ५ गतेसम्मको लागी लकडाउनलाई पूर्ण रुपमा कडाई गर्ने निर्णय गरेको हो ।

छिमेकी जिल्लाहरुमा कोभिड–१९ का संक्रमितको संख्या ह्वात्तै बढेको र सोही परिस्थितिलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी वाशुदेव घिमिरेले जानकारी दिए । सो निर्णय भोलि बिहान १२ बजेदेखि लागू हुुने जनाइएको छ । बन्दको बेला सम्पूर्ण बजार, व्यवसाय तथा व्यापारिक प्रतिष्ठान बन्द रहने जनाइएको छ । अत्यावश्यक सामग्रीको आपूर्ति बिगतकै जस्तो होम डेलिभरीबाट गरिनेछ । साथै यसअघि बनाइएको सम्पूर्ण सवारी पास रद्ध गरिएको छ ।

अत्यावश्यक कामका लागि जिल्ला बाहिर आवतजावत गर्दा यस जिल्लाका साथै सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिनुुपर्ने जनाइएको छ । बन्दको अवज्ञा गर्नेमाथि नियमानुसार कार्वाही गरिने जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको सूचनामा उल्लेख रहेको छ । यसैबीच रौतहटको कटहरिया, चन्द्रपुर, बृन्दाबन लगायत आधादर्जन स्थानीय तहले लकडाउनलाई पूर्णकडाई गर्ने निर्णय गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार