logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

शिक्षण अस्पतालमा भेटिए १ काेराेना संक्रमित


  • राजनीति
  • बिहिबार, जेष्ठ १ २०७७

महाराजगञ‍जस्थित त्रिभुवन विश्‍विद्यालय शिक्षण अस्पतालमा भर्ना भएका एकजना बिरामीमा कोरोना संक्रमण देखिएको छ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा न्युरो सर्जरी वार्डमा सात दिनअघि भर्ना भएका ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको हो।

स्रोतका अनुसार इएनटीसम्बन्धी बिरामी उनलाई कपिलवस्तुबाट उपचारका लागि काठमाडौँ ल्याइएको थियो। कोरोना पोजेटिभ देखिएपछि अहिले अस्पतालका चिकित्सक तथा नर्सबीच खैलाबैला मच्चिएको छ।

अस्पतालले यसबारेमा अधिकारिक विवरण सार्वजनिक गरिसकेको छैन। अस्पतालका निर्देशक प्रा.डा. प्रेम खड्गाले त्यही विषयमा बैठक बस्दै गरेको बताएका छन्। केही बेरमा आधिकारिक जानकारी सार्वजनिक गरिने उनले बताएका छन्।

स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान ६ बजेर १५ मिनेटमा सार्वजनिक गरेको दुई संक्रमितमध्ये एकजना तिनै बालिका हुन्। बिहान सार्वजनिक गरेकाे तथ्या‌ंक अनुसार काठमाडौंका एक पुरुष र कपिलवस्तुमा एक बालिकामा संक्रमण पुष्टि भएकाे थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार