logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

त्रिवि शिक्षण अस्पताल सिल, हेर्नुस् सुचना


  • राजनीति
  • बिहिबार, जेष्ठ १ २०७७

उपचारका लागि अस्पताल आइपुगेकी एक बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि त्रिवि शिक्षण अस्पताल (टिचिङ), महाराजगन्जको न्यूरो वार्ड सिल गरिएको छ ।

वार्ड सिल गरेसँगै न्यूरो वार्डमा उपचारमा संलग्न रहेका डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई पनि क्वारेन्टाइनमा राख्ने तयारी भएको छ ।

त्रिवि शिक्षण अस्पतालले बिहीबार एक सूचना जारी गर्दै कोरोना संक्रमित बालिकालाई आइसोलेसनमा राखिएको र उनको उपचारमा संलग्न डाक्टर, नर्स लगायतका स्वास्थ्यकर्मीको स्वाबको नमुना लिएर पिसिआर परीक्षण गर्न लागिएको बताएको छ ।

पिसिआर रिपोर्ट नेगेटिभ आएको अवस्थामा पनि बालिकाको सम्पर्कमा आएका सबै चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई १४ दिनको क्वारेन्टाइनमा राखिने अस्पतालले जनाएको छ ।

हेर्नुस् सुचना

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार