राजनीति
WASHINGTON, DC - JANUARY 08: U.S. President Donald Trump speaks from the White House on January 08, 2020 in Washington, DC. During his remarks, Trump addressed the Iranian missile attacks that took place last night in Iraq. (Photo by Win McNamee/Getty Images)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि एकपटक कोरोना महामारी र द्धिपक्षीय व्यापरिक सम्बन्धको विषयलाई लिएर चीनविरुद्ध खनिएका छन् । राष्ट्रपति ट्रम्पले चीनको चर्को विरोध गर्दै उसँगको सम्बन्ध तोड्ने व्यापारीक कार्वाही काे धम्की दिएका हुन् ।
राष्ट्रपति ट्रम्पले फक्स विजनेससँगको एक अन्तरवार्तामा चीनविरुद्ध चर्को आक्रोश पोख्दै भने, ‘यस्तै हो भने हामी धेरै गर्न सक्छौ, चीनसँगको सबै सम्बन्धहरु अन्त्य गर्न सक्छौं ।’ अन्तरवार्ताका क्रममा ट्रम्पले आफैंसँग प्रश्न गर्दै भने, ‘यदि त्यसो भइहाल्यो भने के हुन्छ ? र उनले जवाफ दिए, ‘यदि चीनसँग सबै सम्बन्धहरु तोड्नुभयो भने ५ सय अर्ब डलर बचाउन सक्नुहुन्छ ।’ ट्रम्पको संकेत अमेरिका चीनसँगको द्दिपक्षीय व्यापारमा ठुलो घाटामा छ ।
अमेरिका पछिल्लो केही समयदेखि कोरोना भाइरस महामारीले निम्त्याएको क्षतिपूर्ति दिन चीनलाई लगातार दबाब दिँदै आइरहेको छ भने चीनलाई कोरोना महामारीको प्रारम्भिक सूचना लुकाएको आरोप लगाउँदै आएको छ । चीनले भने अमेरिकाको यो आरोपको खण्डन गर्र्दै आएको छ । राष्ट्रपति ट्रम्पको चीन विरोधी अभिव्यक्तिलाई धेरै मानिसहरुले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचन जित्ने रणनीतिका रुपमा लिने गरेका छन् ।