राजनीति
पोखरा- बिगत सात वर्ष अघि देखी दक्षिण कोरियामा कार्यरत एक युवाको सुति रहेकै अबस्थामा मृ’त्यु भएको छ । स्याङ्जा विरुवा गाउपालिका किचनास ५ चेप्टेका ३३ वर्षिय खड्क बहादुर थापाको मृ’त्यु भएको हो ।
रातिको ड्युटी सकेर फर्किएका उनी विहान ९ बजे सुतेपछी साँझ ६ बजेसम्म पनि नब्यूँझिए पछी साथीहरुले हेर्दा मृ’त भेटिएको बताएका छन।
ईपीएस प्रणालीमा रोजगारीका लागि कोरिया गएका थापा पहिलो पटकको ४ वर्ष १० महिनाको अवधि पूरा गरी दोस्रो पटक कोरिया गएका थिए। अविवाहित थापाका आमा र २ दाजुहरु छन् । उनको मृ’त्युबारेमा अनुसन्धान भइरहेको र शव व्यवस्थापनका बारेमा उनका परिवारसँग छलफल भइरहेका स्याङ्जा परिवार दक्षिण कोरियाले जनाएको छ।