logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

बालिकामाथी क’रणी गर्न खोज्ने कास्की प्रहरीको खोरमा,घटना लुकाउन काङ्ग्रेस नेता देखी जनप्रतिनिधि

घटना बाहिर नलैजान धम्की


  • आश तमु
  • शुक्रबार, जेष्ठ २ २०७७

आश तमु , पोखरा- कास्की प्रहरीले ११ बर्षिय बालिका माथी ज’बरज’स्ती क’रणी प्रयास गर्ने एक जनालाई प्रकाउ गरेको छ। कास्की मादी गाउपालिका ८ नागिधारका ६० वर्षिय खुस बहादुर गुरुङलाई कास्की प्रहरीले विहिवार प्रकाउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा थप अनुसन्धानको लागी भन्दै राखेका छन।

बालिका ज’वरज’स्ती क’र’णीको प्रयास गरेको भन्ने पिडित बालिकाको आफन्तको उजुरीमा गुरुङलाई प्रकाउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कास्कीले जानकारी गराएको हो ।

गत वैशाख २ गते पिडित बालिकाको घरमा कोही नभएको मौका पारी गुरुङले ज’वर्ज’स्ती बालिकालाई क’रणी गर्न खोजेका थिए। तेही बेला केही स्थानियले देखेपछी मकै छोडाउन गएको भनी पन्छेका थिए । घटना बारे बाहिर अरु कसैलाई जानकारी गराए ज्यान मार्ने धम्की समेत दिएको बालिकाले अभिभावकलाई जानकारी गराए ।

पिडित बालिकाका अभिभावकका अनुसार घटनालाई बाहिर न ल्याई भित्र नै मिलाउन भनी धम्की दिएको र पैसाको पनि लोभ देखाएको बताउछन । गत बैशाख २४ मा कांग्रेसका कास्की जिल्ला सदस्य ओमप्रकाश गुरुङको नेतृत्वमा स्थानिय काङ्रेस प्रतिनिधि र स्थानिय जनन निर्वाचित जनप्रतिनिधिहरुको समुहले घटना बाहिर नलैजान धम्की दिएका थिए ।

बारम्बार डर र धम्की आएपछी पिडित परिवार गाउबाट विस्थापित भैई पोखरा झरेका छन। ८ महिनाको छोरा सहित आमा र बुवा अहिले पोखरामा आफ्नतको शरणमा छन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार