logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

विद्युत चुहावट भई आगलागी हुँदा दुईतले घर पूर्णरुपमा जलेर नष्ट


  • राजनीति
  • बिहिबार, बैशाख २७ २०७५

उदयपुर- उदयपुरको रौतामाई गाउँपालिका–२ मा बुधबार साँझ स्थानीय रामकुमार मगरको घरमा विद्युत्को पेल्ट्रिक सेटबाट विद्युत चुहावट भई आगलागी हुँदा दुईतले घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मगरको घरमा आगलागी हुँदा दुईतले घरसहित अन्नपात, लत्ताकपडा, नगद तथा भाँडाकुडासहित घरका सम्पूर्ण वस्तु जलेर नष्ट हुँदा रु बीस लाख बराबरको क्षति भएको छ ।

मानवीय क्षति भने नभएको र अन्यत्र आगलागी हुन नदिन स्थानीय प्रहरी चौकी र जनताको सहभागितामा आगो नियन्त्रण गरिएको पनि प्रहरीले बताएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार