logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेपाली सेनाका यी २ जनामा काेराेना पुष्टि


  • राजनीति
  • शनिबार, जेष्ठ ३ २०७७

पहिलो पटक नेपाली सेनामा कार्यरत दुई जनालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जनकपुरमा गरिएको पीसीआर परीक्षणमा सेनाका दुई कर्मचारीमा कोरोना पुष्टि भएको जानकारी दिए ।

उनीहरु मध्य पृतना महोत्तरीमा कार्यरत रहेको पाण्डेको भनाइ छ । उनीहरुलाई एम्बुलेन्समार्फत काठमाडौं ल्याउन लागिएको र काठमाडौं ल्याइसकेपछि सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालमा राखिने सेनाले जनाएको छ ।

शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थय मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले महोत्तरीका ५२ र काभ्रेका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बताएका थिए । उनीहरु नै सेनामा कार्यरत भएको खुलेको हो ।

यससँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २७८ पुगेको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार