राजनीति
काभ्रेको धुलिखेल अस्पतालमा मृ’त्यु भएकी सुत्केरी महिलामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले मृ’तक महिलामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ । कोरोनाबाट ज्या’न गुमाउनेमा सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका-९ निवासी २९ वर्षीया सावित्री तिमिल्सिना रहेकी छन्।
कोभिड-१९ कोरोना भाइरसले एक महिलाको मृ’त्यु भएको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरी महिलाको कोरोनाले मृ’त्यु स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। नेपालमा कोरोनाले मृ’त्यु हुने उनी पहिलो महिला हुन्। उनको बिहीबार राति मृ’त्यु भएको हो।
कोरोना संक्रमणको शंकामा उनको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा ‘रिपोर्ट पोजिटिभ’ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।को’रोना संक्रमितको उपचारका लागि तो’किएको धुलिखेल अस्पतालमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ घर भएकी २९ वर्षीया युवतीको १ जेठ राति मृ’त्यु भएको थियो।
शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी घर फर्किएपछि स्वासप्रश्वासमा समस्या आएकाले धुलिखेल अस्पतालमा उपचार गराइएको थियो। ती महिलाले बैशाख २३ गते महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना भएर २४ गते बच्चा जन्माएकी थिइन्। २५ गते डिस्चार्ज भएकी थिइन्। उनलाई घर पुगेपछि स्वास्थ्यमा समस्या देखिएपछि धुलिखेल अस्पताल ल्याइएको थियो।
स्वासप्रश्वासमा समस्या आएकाले उपचारको क्रममा उनको आरडिटि रिपोर्ट पोजिटिभ आएको थियो। उनको सुरुमा आरडिटि पोजिटिभ आएको थियो। अहिले पीसीआर पनि पोजिटिभ आएको हो।
हेर्नुस् विज्ञप्ति
््