राजनीति
झापाको कचनकवल गाउँपालिका–१ घेराबारीमा नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई रोक्न सशस्त्र प्रहरीले हवाई फायर गरेको छ ।
नेपाल–भारत सीमानाको पिल्लर नम्बर १२५÷१० मा नेपाल प्रवेश गर्न खोजेका करिब १ सय ५० भारतीयलाई रोक्न सशस्त्र प्रहरीले हवाई फायर गरेको हो ।
जबर्ज’स्ती नेपाल छिर्न खोजेका भारतीयले आ’क्रमणको प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन हवाई फा’यर गरेको स’शस्त्र प्रहरी स्रोतले जनाएको छ । पछि भारतीय सीमा सुरक्षा बल पनि आएर भारतीयलाई रोकेका थिए ।
केही दिनअघि झापा गाउँपालिकाको सीमा क्षेत्रबाट पनि भारतीयहरु नेपाल प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीले हवाई फायर गरेको थियो ।