logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

बिहानै १० जनामा काेराेना पुष्टि


  • राजनीति
  • आइतबार, जेष्ठ ४ २०७७

नेपालमा थप १० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या २९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार बिहान ७:१५ बजे अध्यावधिक गरेको विवरणअनुसार थप १० जनामा नयाँ पुष्टी भएको हाे ।

नयाँ पुष्टि हुनेमा रौतहट राजपुर न.पा. फरहदवा – ९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरू र रौतहट इशनाथ न. पा.- ३, ५ निवासी २८, ३०, ३३ वर्षीय पुरुषहरू रहेका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परीणमा उनीहरुमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएकाे छ। हालसम्म प्राप्त विवरणअनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार