logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पाँच किलो चरेशसहित पक्राउ परेका युवकलाई पर्सा प्रहरीले गरे सार्वजनिक


  • राजनीति
  • बिहिबार, बैशाख २७ २०७५

पर्सा- प्रतिबन्धित लागुऔषध चरेशसहित पक्राउ परेका एक युवकलाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ ।

पर्साको भिष्वाबाट पाँच किलो चरेशसहित पक्राउ परेका कालिकामाई गाँउपालिका–१ तिनडोवियाका चन्दन पटेललाई प्रहरीले सार्वजनिक गरेको हो ।

बिआर २२ सी ०४३२ नं.को भारतीय मोटरसाइकलमा भारततर्फ जाँदै गरेका पटेललाई गएराति जाँच गर्दा १० वटा प्याकेटमा रहेको पाँच किलो चरेश बरामद भएकोे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो ।

पक्राउ परेका पटेलमाथि लागुऔषध मुद्दा चलाउने तयारी भएको उहाँको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार