logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

कालिकोटका गाउँपालिका अध्यक्ष गाउँबाट लखेटिए


  • राजनीति
  • सोमबार, जेष्ठ ५ २०७७

पछिल्लो समय स्थानीय निकाय निकै बिवादित हुँदै गएका छन् । यसक्रकमा कालिकोट जिल्ला शुभकालिका गाउपालिका अध्यक्ष खडानन्द चाैलागाइलाइ साेहि गाउपालिका स्थित ४ नम्बर वडाका जनताले कुटपिट गर्दै गाउबाट लखेटिएका छन् ।

काेराेना महामारीकाे संकटबाट जनतालाई बचाउन भन्दा जनतालाई नै जाेखिममा राखेर क्वारेन्टाइन बनाउन खाेजेकाे भन्दै जनताले लखेटेकाे स्थानीय रविन्द्र शाहिले बताएका छन् ।

राराकाटिया उच्च माविमा क्वारेन्टाइन बनाउने तयारी गरेका अधिकारीले कुनै उपकरण र पुर्वाधार बिना नै क्वारेन्टाइन नबनाउन जनताले आग्रह गरेका थिए । तर चाैलागाइले आफु निकट केही मान्छे प्रयाेग गरेर बल प्रयाेग गरेपछि प्रतिकार गरि गाउँ बाट लखेटेकाे स्थानीयले बताए । कालिकाेटमा पछिल्लो चरण जनप्रतिनिधि जनताबाट ना’ङ्गिदै गएका छन् ।

तर यता चाैलागाइले भने क्वारेन्टाइन विद्यालयमा बनाउन नदिएपछि वि’वाद भएकाे दावी गरेका छन ।

भ्रष्टाचार आसेपासेकाे ब्यबस्थापनमा तल्लिन जनप्रतिनिधिले उपभोक्ताकाे सानाे काम सम्पन्नमा सहि गर्न समेत न्युनतम १००० देखि माथि कमिसन नदिइ कुनै काम फरफार हुदैनन् ।

यस्तै महामारीले आ’क्रान्त बनेका जनताकाे मनमा मलमपट्टी लगाउनुकाे साटाे काेराेनाकाे नाममा आएकाे रकममा समेत व्यापक भ्रष्टाचार भएकाे जनगुनासाे बढ्दै गएकाे छ ।

कालिकोट स्थिति शान्नित्रिवेणी गाउँपालिका राष्टकाेट नगरपालिका नहरिनाथ गाउँपालिकामा यस्ता समस्या आएपछि स्थानीय आ’क्राेसित बनेका छन् । शान्नित्रिवेणी स्थित एक स्थानियले भने काेराेनाकाे नाममा सरकारले बजेट कति दिएकाे छ , पहिलाेचरण राहत बितरण गर्दा जनप्रतिनिधिबाट सावुन बितरण भयाे त्याे सावुन पसलमा किन्दा रु ४० पर्छ त्यहि सावुन वडाअध्यक्षले बितरण गरेकाेमा मूल्य रु १०० काे बिल उठाए ।

केही दिन अगाडि मात्रै जिल्लाकाे पलाता गाउँपालिकामा नेकपाकै जिल्ला स्तरका नेताहरुले गाउँपालिका अध्यक्ष लक्ष्मण बम माथि हातपात भएकाे थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार