logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

विप्लव र बादल बिच गोप्य बार्ता

के हो त वास्तविकता


  • राजनीति
  • शुक्रबार, बैशाख २८ २०७५

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी उसकै भाषामा वास्तविक शान्तिका लागी संघर्षमा रहेको जनाउदै आएको छ । यता सरकार भने नेकपाको गतिविधिलाई लिएर हैरान परेशान परेको देखिन्छ । दस वर्षको लडाइमा साथै रहेका रामबहादुर थापाले मुलुकको सुरक्षाको बागडोर सम्हालेका छन भने अर्का सहयोद्धा विप्लव भने सरकार बिरोधि मोर्चा कस्दै लगेको छ।

यति बेला सरकार र गृहमन्त्री बादलका लागि प्रमुख चुनौती नै नेकपा बनेको छ । कुनै समयका आत्मीय सहयोद्धा वर्तमानमा दुई विपरित धारमा रहेर आ-आफ्नो गतिविधि बढाएका छन् ।

आजको दिनमा यी दुई नेताबीच कडा संघर्ष जस्तो देखिएको छ । पछिल्लो समयमा यी दुई धारको बिचमा मध्यस्तताको सहायताबाटै केही कुराकानी समेत भएको छ । स्रोतका अनुसार वादलले आफ्नै पार्टीका नेता मणि थापाको सहायताबाट विप्लवलाई गतिविधि नगर्न आग्रह गरेका छन् । केही दिन अगाडी मात्रै मणि थापाले विप्लवलाई गाेप्य रूपमा भेटेर धेरै चर्को नबनिदिन आग्रह गरेको खबर बाहिरिएको छ यधपी यो कुराको आधिकारिक पुष्टि कतै बाट भएको छैन । राजधानीको संखमुलस्थित एक घरमा ३ घण्टासम्म भएको भनिएको छलफलमा विप्लवलाई उग्र बनेको खण्डमा सरकार जस्तोसुकै कारवाही गर्न पछि नपर्ने चेतावनी दिएका थिए । बरु केही मुद्दा मिलाएरै एकतामा आउन समेत थापाले विप्लवलाई आग्रह गरेको बुझिएको छ । विप्लवले भने जवाफ स्वरुप परिस्थिति अघि बढिसकेकाले अब रोकिन सम्भव नभएको बताएका थिए । भन्ने समाचार आएता पनि खासमा यसको सत्यता हाल सम्म कतै बाट पनि पुष्टि भएको छैन

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार