logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

मोदी काठमाण्डौ नपुग्दै ट्राफ्रिक व्यवस्था अस्तव्यस्त


  • राजनीति
  • शुक्रबार, बैशाख २८ २०७५

????????????????????????????????????

काठमाडौँ । केहीबेरअघि एअर इन्डियाको जहाजबाट मोदी जनकपुर आइपुगेका भारतीय प्रधानमन्त्री मोदीको सुरक्षालाई ध्यानमा राखी उनी हिड्ने रुटमा सडक खाली गराइदैछ । विशेष गरी काठमाडौँ उपत्यकामा उनी आउनु र जानु भन्दा अगाड र पछाडी रोडमा अन्य सवारी साधनहरुलाई २५ मिनेटसम्म चल्न दिइने छैन । उक्त समयमा सवारी चालकहरुले वैकल्पिक मार्ग अपनाउनुपर्ने छ ।

मोदीको सवारीका कारण शुक्रबार र शनिवार सर्वसाधारणहरुले सास्ती भोग्नु पर्ने भएको छ । केहीबेर अघि पटनाबाट सैनिक हेलिकोप्टरमार्फत जनकपुर अवतरण गरेका मोदी शुक्रबार दिउँसो साडे १ बजे काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछन् । विमानस्थलबाट गौशाला, चावहिल हुँदै बौद्धस्थित हायात होटलमा पुग्नेछन् । त्यस्तै मोदीको हेलिकोप्टर विमानस्थलमा अवतरण भएलगत्तै सिनामंगलदेखि सडक खाली गराउने प्रहरीको तयारी छ ।

मोदीको कार्गेड चावहिल पुगेपछि मात्र सिनामंगलबाट सवारीसाधन आवगमन सुचारु हुनेछ । त्यस्तै शुक्रबार नै दिउँसो ४ बजे मोदी हायात होटलबाट ‘गार्ड अफ अनर’ ग्रहणका लागि टुँडिखेल प्रस्थान गर्नेछन् ।

त्यसका लागि चावहिल, गौशाला, एयरपोर्ट, तीनकुने, बानेश्वर, माइतीघर हुँदै उनी टुँडिखेल जानेछन् । ४ बजेको समयमा सो रुट पनि खाली गराइनेछ । मोदी गौशाला कटेपछि मात्र बौद्धबाट सडक खुला गरिनेछ । करिव ५ मिनेटको टुँडिखेमा बसाईपछि मोदी ४ः३० मा उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेट्न बहादुर भवन जानेछन् लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न शीतल निवास पुग्नेछन् । शीतल निवासबाट मोदी साँझ ६ बजे महाराजगञ्ज, चावहिल, गौशाला हुँदै द्वारिकाज होटलमा पुग्नेछन् । बेलुका हायातमै फर्कने कार्यक्रम रहेको छ । यो अवधीभर राजधानीमा सर्वसाधारणले ब्यापक सास्ती खेप्नुपर्ने देखिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार