राजनीति
मंगलबार एकै दिन २७ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मंगलबार विभिन्न जिल्लामा गरेर २४ पुरुष र तीन महिलामा कोरोना पोजिटिभ देखिएको हो।
नयाँ संक्रमित १७ वर्षदेखि ४२ वर्ष उमेर समूहका भएको प्रवक्ता देवकोटाले जानकारी दिए। संक्रमितमध्ये झापाका ९ जना छन् भने काठमाडौं उपत्यका (काठमाडौं ३, भक्तपुर र ललितपुर एकएक) मा पाँच जनामा कोरोना पोजिटिभ देखिएको छ। सँगै कपिलवस्तुमा चार जनामा कोरोना पोजिटिभ देखिएको छ।
त्यसैगरी मोरङ, सुनसरी, मकवानपुर, रामेछाप, सिन्धुली, लम्जुङ र नवलपरासीमा एकएक र सर्लाहीमा दुईजनामा कोरोना पुष्टि भएको हो।
प्रवक्ता देवकोटाका अनुसार उनीहरुको कन्ट्रयाक ट्रेसिङको काम सुरु भएको छ। योसँगै संक्रमितको संख्या ४०२ पुगेको छ। जसमध्ये ३४० पुरुष हुन भने ६२ महिला छन्। ३७ जना भने निको भएका छन्।
मन्त्रालयका प्रवक्ता देवकोटाका अहिलेसम्म सबैभन्दा धेरै प्रदेश ५ मा १ सय ७६ जनामा कोरोना पोजिटिभ देखिएको छ । प्रदेश २ मा १ सय ३६, प्रदेश १ मा ५४, बागमती प्रदेशमा २७, सुदूरपश्चिम प्रदेशमा ५, गण्डकी प्रदेशमा ४ र कर्णाली प्रदेशमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।