राजनीति
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जानकी मन्दिरमा पुजाआजा गरेका छन् । नेपालको २ दिने राजकीय भ्रमणका क्रममा जनकपुर आएका मोदीले जनकपुरमा पुजाआजा गरेका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै पुजाआजा गरेका हुन् ।
उनले जनकपुरधाममा रहेको जानकी मन्दिरमा षोडसोपचार विधिबाट विशेष पूजाअर्चना गरेका हुन् ।यसअघि सो मन्दिरमा भारतका राष्ट्रपतिहरू नीलम सञ्जीवा रेड्डी, ज्ञानी जैल सिंह र प्रणव मुखर्जीलाई सो विधिबाट पूजा गराइएको थियो ।
मन्त्रकोप्रधानता रहेको यो पूजा जानकी मन्दिरमा आउने विशिष्ट अतिथिलाई मात्र गराइने परम्परा छ ।