logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

४ दिन देखी वेपता युवाको श’व, पोखरा लेखनाथमा माटोले पुरिएको अवस्थामा फेला


  • आश तमु
  • मंगलबार, जेष्ठ ६ २०७७

आश तमु, पोखरा- पोखरामा केही दिन अघि ह’त्या गरी खाल्टो खनी एक महिना अघि देखी लुकाई रहेको अवस्थामा भेटिएको श’वको घटना सेलाउन नपाउदै फेरी चार दिन देखी वे’पत्ता भएका एक युवाको श’व  खेतमा कुलोको छेउमा खाल्डो खनेर पुरीएको एवं दुर्गन्धीत अवस्थामा भेटिएको छ।

चार दिन देखी बे’पत्ता रहेका कास्की मादी गाउपालिका भगवती बरालडाँडा पुरानो घर भई २७ सुन्दरीबजारमा ज्याला मजदुरी गर्दै आएका २४ वर्षिय सुजन विकको श’व फेला परेको हो ।

विगत ४ दिन देखी हराएका विकको श’व सिर्जना बहिरा स्कुल नजिकै खेतमा कुलोको छेउमा खाल्डो खनेर पुरीएको एवं दुर्गन्धीत अवस्थामा भेटिएको हो ।

प्रहरीको प्रारम्भीक अनुसन्धानमा मृतक विकको टाउकोमा ढुं’गाले हि’र्काएको जस्तो देखीने ग’म्भीर चो’ट समेत फेला परेको थियो । श’वलाई पोष’टमाटमको लागी पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको छ ।

पोखरामा यस अघि ३ दिन अघि मात्र पोखरा १४ निवासी २२ वर्षीय विमल रानाभाटको श’व ह’त्या गरेर गा’डेको अवस्थामा प्रहरीले फेला परेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार