logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

प्रहरीलाई काेराेना पुष्टि भएपछि कालिमाटी प्रहरी वृत्तमा सिल


  • राजनीति
  • बुधबार, जेष्ठ ७ २०७७

काठमाडौंको कालिमाटीको प्रहरी वृत्तमा कार्यरत दुई प्रहरी जवानमा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ पुष्टि भएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा तीन जनामा कोरोना पुष्टि भएको जानकारी दिएको थियो । तिमध्ये कालिमाटी वृत्तमा कार्यरत दुई प्रहरी जवान रहेको महानगरीय प्रहरी काठमाडौं परिसरका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए ।

‘कालिमाटी प्रहरी वृत्तका दुई प्रहरीको कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको छ’, एसएसपी ज्ञवालीले भने, ‘उच्च सतर्कता अपनाएर अरु प्रहरीको कोरोना परीक्षणको तयारी भइरहेको छ ।’

दुई प्रहरी जवानमा कोरोना पुष्टि भएपछि वृत्त मातहतका महानगरीय ट्राफिक प्रहरी प्रभाव र महिला सेलसँगै बल्खु, कलंकी र स्युचाटार प्रभागलगायतका कार्यलय सिल गरेर उच्च निगरानीमा राखिएको ज्ञवालीले बताए।

नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मंगलबार एकै दिन २७ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ४०२ पुगेको हो। डिस्चार्ज हुनेको संख्या ३७ पुगेको छ भने दुई जनाको मृत्यु भइसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार