logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

भारतिय प्राेफेसर भन्छन, माेदीकाे शक्ति उत्मादले नेपाललाई कस्मिर देख्याे


  • राजनीति
  • बिहिबार, जेष्ठ ८ २०७७

स्विडेनमा कार्यरत भारतीय नागरिक अशोक स्वैनले नेपालले जारी गरेको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई भारतले विरोध गर्नुको कुनै अर्थ नरहेको बताएका छन् ।

बुधवार राती आफ्नो भेरिफाइड ट्वीटर एकाउन्टबाट ट्वीट गर्दै स्विडेनको उप्साला विश्व विद्यालयमा शान्ति र द्वन्द्व अनुसन्धान विषयका प्राध्यापकको रुपमा कार्यरत अशोकले यो प्रकरणलाई ‘नक्सा युद्ध’ भनेका छन् ।

उनले आफ्नो ट्वीटमा लेखेका छन् -‘भारतले नेपालको नयाँ नक्सा अस्विकार गर्यो । भारतले यसलाई स्विकार गर्छ भन्ने कसैलाई लागेको पनि थिएन । यद्यपि, यो ‘नक्सा युद्ध’ कसले सुरु गरेको हो ? किन भारतले नोभेम्बर २०१९ मा एकतर्फि रुपमा नयाँ राजनीतिक नक्सा ल्याउनु परेको थियो ? यो शक्तिले उन्माद मोदीद्वारा कश्मिरको नक्सा पुनः तयार गर्नका लागि थियो । तर, नेपाल कश्मिर होइन ।’
हेर्नुस् ट्विट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार